images
images
  • दुई ठूला जलविद्युत आयोजना बनाउन ९७ अर्ब चिनियाँ लगानी स्वीकृत


    काठमाडौं । लगानी बोर्डले दुई ठूला जलविद्युत आयोजना बनाउन ९७ अर्ब रुपैयाँ वैदेशिक लगानी स्वीकृत गरेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार बसेको लगानी बोर्डको ४७ औं बैठकले ७६५ मेगावाटको तमोर जलासय र १४० मेगावाटमा मनाङ मस्र्याङदी जलविद्युत आयोजना बनाउन लगानी स्वीकृत गरेको हो ।

    दुबै आयोजना चिनियाँ लगानीमा बन्ने भएको छ । तमोर जलासय पावर चाइन र मनाङ मस्र्याङदी आयोजना ३ वटा चिनियाँ कम्पनी र नेपालको बुटबल पावर कम्पनी ९बीपीसी० को साझेदारीमा बन्न लागेको हो ।

    लगानी स्वीकृति भएकाले आयोजना अघि बढाउन बाटो खुला भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images