images
images
  • पटाका कारखानामा विस्फोट : चारजनाको मृत्यु

    नयाँदिल्ली । भारतको पूर्वी राज्य पश्चिम बंगालमा शुक्रबार एउटा पटाखा कारखानामा विस्फोट हुँदा कम्तीमा चारजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

    पश्चिम बंगालको राजधानी कोलकाताबाट करिब ५५ किलोमिटर उत्तरमा रहेको नादिया जिल्लाको कल्याणी क्षेत्रमा विस्फोट भएको हो ।

    “उक्त दुर्घटनामा चारजनाको मृत्यु भएको छ,” एक प्रहरी अधिकारीले बताए, “एक महिलालाई घाइते अवस्थामा उद्धार गरी तत्काल अस्पताल लगिएको छ ।”

    विस्फोटका कारण कारखानामा ठूलो आगो लागेको प्रहरीले जनाएको छ ।

    आगो निभाउन र नजिकैको क्षेत्रमा फैलिन नदिन तत्काल दमकललाई घटनास्थलमा पु¥याएको प्रहरीले जनाएको छ ।

    विस्फोटको कारण तत्काल थाहा हुन सकेको छैन । प्रहरीले उक्त दुर्घटनाको अनुसन्धान गर्न आदेश दिएको छ ।

    भारतीय पटाखा कारखाना र पसलहरूमा आकस्मिक विस्फोटहरू सामान्य छन् । मालिकहरूले सामान्यतया सुरक्षा मापदण्डहरूलाई बेवास्ता गर्छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images