images
images
  • हमासले यी तीनजनालाई रिहा गर्दै, विपिन जोशी कहिले?

    हमासले रिहा हुने थप ३ बन्दीको नाम सार्वजनिक गरेको छ। शनिबार रिहा हुन लागेका तीनै जना पुरुष हुन्। रिहा हुने सूचीमा एली शराबी, ओहद बेन अमी र ओर लेवी छन्।

    हमासले जनवरी १९ मा युद्धविराम शुरु भएदेखि अहिलेसम्म १८ जना बन्धकहरूलाई मुक्त गरेको छ। यस्तै इजरायलले ३८३ प्यालेष्टिनी कैदीलाई रिहा गरिसकेको छ। इजरायलले तीन बन्दी फिर्ताको सट्टामा आज १८३ जनालाई फिर्ता गर्ने बीबीसीले जनाएको छ।

    तीन हप्ताको अवधिमा युद्धविरामको पहिलो चरणको अन्त्यसम्ममा ३३ बन्धक र एक हजार ९०० कैदी रिहा गने तालिका छ।

    नेपाली युवा विपिन जोशी पनि हमासकै कब्जमा छन्। उनलाई कहिले छोड्छन् टुंगो छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images