images
images
  • आर्सनललाई पराजित गर्दै न्युक्यासल फाइनलमा

    आर्सनललाई पराजित गर्दै न्युक्यासल युनाइटेड काराबाओ कपको फाइनलमा पुगेको छ।

    गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा आर्सनललाई २–० ले हराउँदै न्यु क्यासल उपाधि नजिक पुगेको हो। न्युक्यासले आर्सनलमाथि समग्रमा ४–० को जित दर्ता गर्यो। न्युक्यासले पहिलो लेगमा पनि २–० को नै जित निकालेको थियो।

    उपाधि नजिक पुगेसँगै न्युक्यासल ५६ वर्षपछि मुख्य उपाधिका लागि लागि अब एक कदम मात्र टाढा छ। सन् १९६९ को इन्टर सिरिज फेयरपछि न्युक्यासले ठूलो उपलब्धी हात पार्न सकेको छैन।

    न्युक्यासलले अब उपाधिका लागि वेम्बलीमा लिभरपुल र टोटनहम मध्य एक टोलीसाग भिड्नेछ। पहिलो हाफको १९ औँ मिनेटमा जाकोब मार्फीको गोलमा न्युक्यासलले सुरुवाती अग्रता बनाएको थियो।

    पहिलो हाफमा १–० ले अग्रता बनाएको न्युक्यासलले दोस्रो हाफमा थप १ गोल गर्यो। खेलको ५२ औँ मिनेटमा एन्थोनी गोर्डनको गोलमा न्युक्यासलले अग्रता दोब्बर पार्‍याे।

    प्रतिक्रिया दिनुहोस्
    images
    images