अमेरिकाले क्यानडा र मेक्सिकोमाथि २५ प्रतिशतसम्म कर लगाउने निर्णय रोकेको छ । डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हालेपछि क्यानडा, मेक्सिको तथा चीनमाथि कर लगाउने निर्णय गरेका थिए ।
तर, अमेरिकाले मेक्सिको र क्यानडामा कर लगाउने निर्णय ३० दिनका लागि रोकेको हो । ट्रम्पले उक्त निर्णय रोकिएको पुष्टि गरेका छन् । बीबीसीका अनुसार क्यानडाबाट अमेरिकामा आउने फेन्टालिन जस्ता अवैध ड्रग्स रोक्न कदम उठाएपछि करसम्बन्धी निर्णय ३० दिनका लागि रोक्ने निर्णय गरिएको ट्रम्पले बताएका छन् ।
ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्- अमेरिकासँग जोडिएको सीमा सुरक्षित रहेको क्यानडाले सुनिश्चित गरेको छ । ट्रम्पले मेक्सिको र क्यानडामाथि २५/२५ प्रतिशत र चीनमाथि १० प्रतिशत कर लगाउने निर्णय गरेका थिए ।
अमेरिकाले यसअघि मेक्सिकोमाथि २५ प्रतिशत कर लगाउने निर्णय पनि रोकेको थियो । मेक्सिकोकी राष्ट्रपति क्लाउडियाले यसबारेमा जानकारी दिएकी थिइन् ।


विश्व खबर 



















