images
images
  • शेयर बजार सामान्य अंकले बढ्यो, कारोबार रकम ११ अर्ब ८७ करोड नाघ्यो

    काठमाडौं – शेयर बजार सोमबार झिनो अंकले बढेको छ।

    नेप्से परिसूचक २.४१ अंकले बढेर २७३० को विन्दुमा बन्द भएको हो।बजारमा आज ११ अर्ब ८७ करोड ५९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

    सामान्य अंकले बढेको बजारमा नेप्से उपसमूहमा रहेका ७ वटा समूह बढेका छन् भने ६ वटा घटेका छन्। आज निर्जीवन बीमा कम्पनी सर्वाधिक ०.८७ प्रतिशतले बढ्दा वित्त समूह सर्वाधिक १.०७ प्रतिशतले घटेको छ।

    यो दिन ९७ कम्पनीको शेयरभाउ बढ्दा १३७ वटाको घटेको छ। आज ८ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

    सेक्टरका सूचकमा मिश्रित उतारचढाव देखिएको छ । बैंकिङ ०.५४, जीवन बीमा ०.६७, उत्पादन तथा प्रशोधन ०.२७, माइक्रोफाइनान्स ०.१०, निर्जीवन बीमा ०.८० र व्यापार ०.७९ प्रतिशत बढे ।

    अन्य ०.६०, लगानी ०.४७, हाइड्रोपावर ०.४८, होटल तथा पर्यटन ०.०१, फाइनान्स १.०७ र विकास बैंक समूह ०.३९ प्रतिशत घटे । सोमबार पहिलो एक घण्टा लगानीकर्ताको आकर्षणमा बैंकिङ सेक्टर परेको थियो । एक घण्टामै सो सेक्टर २.११ प्रतिशत बढेको थियो, अन्तिमसम्म सोही वृद्धि टिकेन ।

    आज उपकार लघुवित्त र भूगोल इनर्जीको मूल्य १० प्रतिशत बढ्यो । सप्तकोशी विकास बैंकको ८.७४, सामुदायिक लघुवित्तको ७.८४, सामलिङ पावरको ६.८ प्रतिशत मूल्य बढ्यो ।

    ग्रीन डेभलपमेन्ट बैंक र रिभरफल्स पावरको मूल्य १० प्रतिशत घट्यो । कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, सप्तकोशी विकास बैंक, बरुण हाइड्रोपावर, साहस ऊर्जा र एक्सल डेभलपमेन्ट बैंक क्रमशः अगाडि रहे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images