images
images
  • त्रिवि मैदानमा नेदरल्यान्ड्स र थाइल्यान्डविरूद्ध सिरिज खेल्न उत्साहित नेपाली टोली

    नेपाली राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दू बर्माले आफ्नो टोली सन्तुलित रहेकाले बिहीबारदेखि सुरु हुने त्रिकोणात्मक टी-२० क्रिकेट सिरिज जित्ने बताएकी छिन्।

    नेपालले बिहीबारदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्स र थाइल्यान्डविरूद्ध सिरिज खेल्दैछ।

    प्रतियोगिताअघि बुधबार कप्तानसँग भएको पत्रकार सम्मेलनमा नेपाली टोलीकी कप्तान इन्दूले भर्खरै प्रधानमन्त्री कप क्रिकेट खेलेका खेलाडीहरूसहित यू–१९ विश्वकपमा राम्रो प्रदर्शन गरेका कप्तान पूजा महतोसँगै दुई खेलाडी रहेकाले आफ्नो टोली सन्तुलित रहेको बताइन्।उनले नेपाली टोली पूर्ण सन्तुलित रहेको र उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने विश्वास व्यक्त गरिन्।

    ब्याटिङमा सुधार गर्नका लागि पनि यो सिरिज धेरै महत्वपूर्ण रहेको उनको भनाइ छ।महिला क्रिकेटमा पनि मैदानसम्म आएर हौसला बढाउन समर्थकहरूलाई कप्तान इन्दूले आग्रह गरिन्।

    घरेलु मैदानमा सिरिज हुन लागेकाले आफूहरूको लागि केही सहज हुने पनि उनको आशा छ।

    थाइल्यान्ड महिला क्रिकेट टोलीकी कप्तान नारुइमोल चाइवाईले सिरिज जित्ने गरी प्रदर्शन गर्ने बताइन्।

    नेदरल्यान्ड्स कप्तान बेबेट्टे डी लिडेले नेपालमा क्रिकेट खेल्न आफूहरू उत्साहित रहेको प्रतिक्रिया दिइन्। नेपालले बिहीबार नेदरल्यान्ड्सविरूद्ध खेल्दै सिरिजको सुरुवात गर्नेछ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images