महाकुम्भ मेलाका क्रममा गएराति प्रयागराजको संगम किनारमा भागदौड चल्दा कम्तीमा १४ को मृत्यु भएको छ। ५० भन्दा बढी घाइते छन्।
स्वरूप रानी अस्पतालमा १४ वटा शव पोस्टमार्टमका लागि पुर्याइएको छ। यद्यपि, प्रशासनले मृत्यु वा घाइतेहरूको संख्याको बारेमा औपचारिक जानकारी नदिएको दैनिक भास्करले जनाएको छ ।
भागदौड पछि, प्रशासनको अनुरोधमा अमृत स्नान रद्द गरिएको छ। संगम नाकामा अत्यधिक भीड भएकाले यो निर्णय गरिएको अखाडा परिषद्का अध्यक्ष रवीन्द्र पुरीले बताए।
होहल्लाका कारण एकाएक भागदौड मच्चिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















