images
images
  • अमेरिकी राष्ट्रपति ट्रम्पको धरपकड : दुई दिनमै तीन हजार बढी अवैध आप्रवासी पक्राउ

    काठमाडौँ – अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले सपथ लिए लगत्तै अवैध आप्रवासीलाई पक्राउ अभियान तिव्र पारिएको छ । जस अन्तर्गत पछिल्लो दुई दिनमा मात्रै तीन हजार बढी त्यस्ता आप्रवासीलाई पक्राउ गरिएको जनाइएको छ ।

    जस अन्तर्गत सोमबार मात्रै कागजात नभएका १७ सय ४९ आप्रवासीहरूलाई पक्राउ गरिएको जनाइएको छ ।

    अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन विभागले सोमबार सो संख्यामा कागजात नभएका आप्रवासीहरूलाई पक्राउ गरेको बताएको छ ।

    यस अघि आइतबार पनि सोहि हाराहारीमा आप्रवासीहरुलाई पक्राउ गरिएको थियो ।

    आईसिइले गत आइतबार ९ सय ५६ वटा यस्ता गिरफ्तारी गरेको अन्तराष्ट्रिय सञ्चार माध्यामहरुले बताएका छन् ।

    पछिल्लो दुई दिनमा मात्रै अमेरिकामा रहेका ३ हजार भन्दा धेरै आप्रवासीहरु पक्राउ परेका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images