images
images
  • गोठाला जाँदा बेपत्ता भएका २ किशोरी जंगलमा मृत फेला

    काठमाडौं – अछाममा शुक्रबारदेखि हराइरहेका दुई किशोरी जंगलमा मृत फेला परेका छन् ।

    ढकारी गाउँपालिका–८ का कमल खड्काकी छोरी ईश्वरी खड्का र सोही ठाउँका उदय खड्काकी छोरी सरस्वती खड्का शनिबार बेलुकी मृत फेला परेका हुन् ।

    उनीहरु दुवै जना वडा नम्बर १ को जंगल क्षेत्रमा शनिबार बेलुका मृत फेला परेका जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक टेकबहादुर देउवाले बताए ।

    ईश्वरी र सरस्वती शुक्रबार बिहान खाना खाएर गाईबाख्रा चराउन जंगल गएका थिए । शुक्रबार घर नफर्किएपछि आफन्त र गाउँलेले खोजी सुरु गरेका थिए ।

    खोजीको क्रममा उनीहरु जंगलको बीचमा भुइँमा लडिरहेको अवस्थामा मृत फेला परेका हुन् । शनिबार बेलुकी ६:४० बजे प्रहरीलाई खबर भएको र त्यसपछि थप अनुसन्धानका लागि डिएसपी ईश्वरी प्रसाद भण्डारी नेतृत्वको टोली घटनास्थल गएको देउवाले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images