images
images
  • हमासको कब्जाबाट आज मुक्त हुँदैछन् यी चार इजरायली महिला सैनिक

    हमासले गाजा युद्धविराम सम्झौता अन्तर्गत दोस्रो इजरायली बन्धकहरूको सूची सार्वजनिक गरेको छ। हमासले नाम सार्वजनिक गरेका चार महिला इजरायली बन्धकलाई शनिबार मुक्त गर्नेछ ।

    शनिबार मुक्त हुने सूचीमा रहेका करीना एरिएव, डेनिएला गिल्बोओ, लेवी र लिरी अल्बाग इजरायली सैनिक हुन् । तिनीहरूलाई रिहा गरेको सट्टामा इजरायलले १८० जना प्यालेष्टिनी कैदीलाई रिहा गर्नेछ ।

    गाजामा युद्धविराम शुरु भएपछि यसअघि पहिलो लटमा बन्धक र कैदी रिहा गरिएको छ। यसअघि, पहिलो कैदी बन्दी साटासाटमा तीन इजरायली बन्धक रिहा भएका थिए भने ९० जना प्यालेष्टिनी कैदी रिहा गरेको थियो । सन् २०२३ को अक्टोबर ७ मा हामासले इजरायलमा आक्रमण गर्दा १२०० इजरायली नागरिकको मृत्यु भएको थियो।

    त्यसै वेला २५१ इजरायलीलाई बन्धक बनाइएको थियो। यो घटनामा इजरायलले गरेका प्रतिकार्य कारबाहीमा हमास सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार ४७ हजार २०० प्यालेष्टिनी नागरिकको मृत्यु भएको छ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images