
यूईएफए च्याम्पियन्स लिगअन्तर्गत गए राति भएको खेलमा बार्सिलोनाले बेनफिकालाई पराजित गरेको छ । ९ गोल भएको खेलमा बार्सिलोनाले बेनफिकालाई ५-४ गोलले पराजित गरेको हो ।
बार्सिलोनाका लागि रोबर्ट लिवान्डोस्कीले १३औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । उनले ७८औँ मिनेटमा दोस्रो गोल गरे । त्यस्तै राफिनाले ६४औँ र खेलको इन्जुरी समयमा गोल गर्दा एरिक ग्रासियाले ८६औँ मिनेटमा गोल गरे ।
उता बेनफिकाका लागि भानगेलिस पाभ्लिडिसले खेलको दोस्रो, २२औँ र ३०औँ (पेनाल्टी) मिनेट मा गोल गरे पनि पराजय टार्न सकेनन् । बेनफिकाले एक गोल आत्मघातीका रूपमा उपहार पाएको थियो ।
त्यस्तै लिभरपुलले लोस्कलाई २-१ ले पराजित गर्दा मोनाकोले एस्टन भिल्लालाई १-० ले पराजित गर्यो । एट्लेटिको मड्रिडले लेभरकुसेनलाई २-१ ले पराजित गर्दा क्लब बर्ग र युभेन्टसबीचको खेल गोलरहित बराबरीमा सकियो ।
अंकतालिकाको शीर्ष स्थानमा लिभरपुल २१ अंकका साथ यथावत छ । दोस्रो स्थानको बार्सिलोनाको १८ अंक छ भने तेस्रो स्थानको एट्लेटिको मड्रिडको १४, चौथो स्थानको एटलान्टाको १४ तथा पाँचौँ स्थानको आर्सनलको १३ अंक छ ।
प्रतिक्रिया दिनुहोस्