images
images
  • सुकेधारामा खुल्यो पाँचतारे मर्क्योर होटेल, देशबन्धु बस्नेतकाे तीन अर्ब लगानी

    काठमाडौं-काठमाडौंको सुकेधारा हाइटमा पाँचतारे मर्क्योर होटेल सञ्चालनमा आएको छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ‘ओली’ले एक कार्यक्रमबीच होटेल उद्घाटन गरे । देशबन्धु बस्नेतले तीन अर्ब रुपैयाँ लगानी गरेर होटेल निर्माण गरेका हुन् । जसको व्यवस्थापनमा फ्रान्सेली एक्कोर समूहको मर्क्योर ब्रान्डलाई भित्रिएको छ ।

    विश्वभर होटेल व्यवस्थापन गर्दै आएको एक्योर समूह पहिलो पटक नेपाल भित्रिएको हो । प्रधानमन्त्री ओलीले फ्रान्सेली पर्यटकलाई नेपाल भ्रमण गराउन मर्क्योर होटेलले योगदान गर्ने विश्वास व्यक्त गरे ।

    कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली पर्यटनमा फ्रान्सेली पर्यटकको योगदान पनि स्मरण गरेका थिए । ‘फ्रान्सेली आरोही मौरिस हर्जोगको टोलीले पहिलो पटक आठ हजार मिटरभन्दा अग्लो अन्नपूर्ण हिमाल सफल आरोहण गरेपछि नेपाली पर्यटनको ढोका खुलेको थियो’ उनले भने, ‘नेपालको पर्यटन विकासमा फ्रान्सेली नागरिकको ठूलो योगदान छ ।’

    oli scaledसुकेधारा हाइटमा ठडिएको १२ तले होटेलमा १०४ कोठाहरु छन् । बाह्रौं तलामा अकर्षक इन्फिनिटी स्विमिङ पुल छ, जहाँबाट काठमाडौं उपत्यका र आसपासका हरियाली डाँडाहरु अवलोकन गर्न सकिन्छ ।

    पाँच रोपनी क्षेत्रफलमा बनेको होटेलमा ११औं तलामा इन्डियन र भुइँ तलामा इटालियन रेष्टुराँ रहेको छ । यस्तै, चार सय जना अटाउने ब्यांक्वेट हल पनि छ । होटेलले दुई सयभन्दा बढीलाई रोजगारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images