
काठमाडौँ- नेपाली महिला क्रिकेट टोलीले घरेलु मैदानमा त्रिदेशीय टी २० शृंखला खेल्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने शृंखलामा नेपालसहित नेदरल्यान्ड्स र थाइल्यान्डबीच प्रतिस्पर्धा हुनेछ।
शृंखला माघ १७ गतेदखि २५ गतेसम्म सन्चालन हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। तीनै टोलीले डबल राउन्ड रोबिनको आधारमा लिग चरणमा प्रतिस्पर्धा गर्नेछन्। लिगमा शीर्ष दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
शृंखलाको खेल तालिकामा अनुसार नेपालको पहिलो खेल उद्घाटनकै दिन नेदरल्यान्ड्ससँग हुनेछ । शृंखलामा हरेक टोलीले हरेकसँग तीन पटक खेल्नेछन्। लिग चरणको अंकतालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।
शृंखलामा नेपाली टोलीको खेलतालिका
३० जनवरी अर्थात माघ १७ गते – नेदरल्यान्ड्ससँग
३१ जनवरी अर्थात माघ १८ गते – थाइल्यान्डसँग
२ फेब्रुअरी अर्थात माघ २० गते – नेदरल्यान्ड्ससँग
३ फेब्रुअरी अर्थात माघ २१ गते – थाइल्यान्डसँग
५ फेब्रुअरी अर्थात माघ २२ गते – नेदरल्यान्ड्ससँग
६ फेब्रुअरी अर्थात माघ २३ गते – थाइल्यान्डसँग
प्रतिक्रिया दिनुहोस्