images
images
  • बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा

    काठमाडौं : बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ।

    गए राति सम्पन्न सेमिफाइनल खेलमा एथलेटिक बिलबाओलाई २–० ले पराजित गर्दै बार्सिलोना उपाधि नजिक पुगेको हो।

    साउदी अरबको राजधानी रियाद किंग अब्दुल्लाह स्पोर्ट्स सिटीमा हान्सी फ्लिकको टोलीले सहज जित निकालेको हो। राफिन्हाले बार्साको लागि सुरूमै दुई अवसर खेर फाले तर १७औं मिनेटमा गाभीले गोल गरेपछि बार्साले सुरूआति अग्रता बनायो।

    पेड्रीले एलेजान्ड्रो बाल्डेका लागि रिलिज गरेको बलमा गाभीले ६ यार्ड बक्सभित्रबाट गोल गरे। ५२औं मिनेटमा लामिन यमालले गोल गर्दै बर्सिलोनाको अग्रता दोब्बर पारे। यमालले गाभीको असिस्टमा गोल गरेका हुन्।

    यससँगै बार्सा २–० को सहज जितसहित फाइनलमा प्रवेश गरेको हो। उसले उपाधिका लागि आगामी सोमबार रियल मड्रिड वा मालोर्काको विजेतासँग उपाधिका लागि भिड्ने छ।

    दोस्रो सेमिफाइनलमा आज राति पौने १ बजे रियल र मालोर्काबीच प्रतिस्पर्धा हुँदै छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images