images
images
  • माओवादी केन्द्रको महाधिवेशन अर्को वर्ष, त्यसअघि ६ महिने अभियान सञ्चालन (यस्ता छन् निर्णयहरू)

    काठमाडौं-नेकपा (माओवादी केन्द्र)ले ६ महिना अभियान चलाउने निर्णय गरेको छ । आठौँ केन्द्रीय कमिटी बैठकले अभियानको ६ महिनापछि मात्रै महाधिवेशनमा जाने निर्णय गरेको हो ।

    अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ६ महिना अभियानमा गएर असारमा केन्द्रीय समिति बैठक आयोजना गर्ने घोषणा गरे । अहिलेको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा बदलेर महाधिवेशनको तयारीमा जाने अध्यक्ष प्रचण्डले घोषणा गरे । अभियानबाट जनताको सुझाव आउने उनको भनाइ छ । ६ महिने अभियान पनि अन्ततः महाधिवेशनकै तयारी हुने बताएका छन् ।

    बैठकले माघ महिनाभरि अभियानको तयारी गर्ने भएको छ । फागुन १ गते जनयुद्ध दिवस मनाएर हुलाकी र पूर्वपश्चिम राजमार्गमा जनतासँग माओवादी अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ । त्यस्तै, चैतभरि तयारी गरेर वैशाख महिनाभरि हिमाली र मध्यपहाडी क्षेत्रलाई मध्यनजर गरी मध्यपहाडी लोकमार्गमा जनतासँग माओवादी अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

    बैठकले सबै नेताहरूले जिम्मेवारी पाउने गरी कार्ययोजना प्रस्ताव पारित गरेको छ । सबै नेता पालिका र वडासम्म पुग्ने गरी एक हप्ताभित्र कार्यविभाजनलाई अन्तिम रुप दिने र माघको पहिलो सातासम्म सर्कुलर गरिने अध्यक्ष प्रचण्डले बताएका छन् । बैठकले विचार मिल्ने पार्टीसित एकताको तयारी गर्न उच्चस्तरीय पार्टी एकता संवाद समिति गठन गरेको छ । समितिले चाँडै एकता वार्ताको पहल गर्ने अध्यक्ष प्रचण्डले जनाएका छन् । बैठकले अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको पार्टी रूपान्तरण र पुनर्गठनको संकल्प, आजको ऐतिहासिक आवश्यकता शीर्षकको राजनीतिक प्रस्ताव परिमार्जनसहित पारित गरेको छ । सो प्रस्तावमा पदाधिकारी र सदस्य गरी ११८ जनाले सुझाव दिएका थिए ।

    माओवादी निष्कर्ष: सरकारले देशलाई दुईदलीय तानाशाहीतर्फ लैजाने प्रवृत्ति देखायो
    Prachanda meetingनेकपा (माओवादी केन्द्र)ले सरकारले संसदलाई छलेर अध्यादेशमार्फत राज्य सञ्चालन गर्ने र देशलाई दुईदलीय तानाशाहीतर्फ लैजाने निरंकुश प्रवृत्ति देखाएको निष्कर्ष निकालेको छ । मंगलबार काठमाडौंमा सम्पन्न माओवादी केन्द्रीय कमिटी बैठकले विभिन्न समसामयिक प्रस्ताव पारित गर्दै संसदलाई छलेर अध्यादेशमार्फत राज्य सञ्चालन गर्ने र देशलाई दुईदलीय तानाशाहीतर्फ लैजान खोज्ने सरकारको प्रवृत्तिको विरोध गर्दै तत्काल संघीय संसद र प्रदेशसभाको अधिवेशन आह्वान गर्न सरकारसँग माग समेत गरेको छ ।

    बैठकले विभिन्न निकायमा भएको राजनीतिक हस्तक्षेपको विरोध गर्दै स्वेच्छाचारी क्रियाकलाप बन्द गर्न माग गरेको छ भने शान्ति प्रक्रियाका बाँकी कार्य सम्पन्न गर्न समेत माग गरेको छ । त्यस्तै, बैठकले सहकारी प्रकरणमा गठबन्धननिकट व्यक्तिहरूलाई संरक्षण गर्ने पूर्वाग्रहपूर्ण र भेदभावपूर्ण काम गरेको भन्दै निष्पक्ष छानविन गरी दोषीउपर कारबाही गर्न माग गरेको छ ।

    बैठकले अबको पहिलो ६ महिना अभियानमा जाने र त्यसपछि अर्को ६ महिनाको तयारी गरेर नयाँ विचार संश्लेषणका लागि महाधिवेशनमा जाने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । त्यस्तै, फागुन १ गते जनयुद्ध मनाएर हुलाकी र पूर्वपश्चिम राजमार्गमा जनतासँग माओवादी अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ । त्यस्तै, वैशाख महिनाभरि मध्यपहाडी लोकमार्गमा जनतासँग माओवादी अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ । त्यस्तै, बैठकले विचार मिल्ने पार्टीसित एकताको तयारी गर्न उच्चस्तरीय पार्टी एकता संवाद समिति गठन गरेको छ ।

    बैठकले अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको ‘पार्टी रूपान्तरण र पुनर्गठनको संकल्प, आजको ऐतिहासिक आवश्यकता’ शीर्षकको राजनीतिक प्रस्ताव परिमार्जनसहित पारित गरेको प्रवक्ता सापकोटाले जानकारी दिए । उनले जनताको अधिकार बढाउनका निम्ति संविधान संशोधन गर्नुपर्नेमा बैठकले जोड दिएको बताए । बैठकले सबै नेताले जिम्मेवारी पाउने गरी कार्ययोजना प्रस्ताव पारित गरेको छ । तीन दिन चलेको बैठकको समापनका क्रममा अध्यक्ष प्रचण्डले बैठकका निर्णय कार्यान्वयनमा जाँदा समाजवादी क्रान्तिको लागि कोसेढुंगा बन्ने र यसले निरन्तरतामा क्रमभंग गरेको स्पष्ट गरे ।

    उनले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टीले राजनीतिमा सक्रिय गराएको नभई सक्रिय हुने चाहना व्यक्त गरेकाले आमन्त्रित रूपमा बैठकमा सहभागी गराएको जानकारी दिँदै अन्य नेताको कार्यविभाजन गर्दा उनको पनि गरिने जानकारी गराए । माओवादीले पाँच पार्टीसँग एकता वार्ता गर्न समिति बनाउने नेकपा माओवादी केन्द्रले वैज्ञानिक समाजवाद मान्ने पार्टीहरूसँग एकता गर्न संवाद समिति बनाउने भएको छ । केन्द्रीय समितिको बैठकमा बोल्दै अध्‍यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

    प्रचण्डले भनेका छन्, ‘पार्टी एकता संवाद समिति तत्काल बनाउने ।’ प्रचण्डले गत आइतबार राजनीतिक प्रतिवेदनमै वैज्ञानिक समाजवाद मान्ने पार्टीहरूसँग एकता गर्ने प्रस्ताव राखेका थिए । यसमा केन्द्रीय सदस्यहरूको सर्वसम्मत धारणा आएको भन्दै प्रचण्डले पार्टी एकता संवाद समिति तत्काल वनाउन घोषणा गरेका हुन् ।

    प्रचण्डले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसहितका राजनीतिक दलहरूसँग एकताको पहल गर्ने भनेका छन् ।प्रचण्डले नेत्र विक्रम चन्द नेतृत्वको नेकपासँग पनि एकताको पहल गर्ने भनेका छन् । माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकाेटाका अनुसार क्रान्तीकारी शक्तिहरूसँग एकता गर्ने विषय राजनीतिक प्रतिवेदनमै आएको विषय हो ।

    सापकोटाका अनुसार वैज्ञानिक समाजवाद मान्नेहरूसित एकताको लागि पहल गर्ने भनिएको हो । उनले यस अन्तर्गत चन्द नेतृत्वको नेकपा, नेकपा बहुमत, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र प्रभु साह नेतृत्वको आम जनता पार्टी रहेका छन् ।

    ६ महिने अभियानपछि माओवादी महाधिवेशनमा जाने
    maobadiनेकपा माओवादी केन्द्रले सुरुको ६ महिना अभियानमा जाने र त्यसपछि अर्को ६ महिनाको तयारी गरेर नयाँ विचार संष्लेषणका लागि महाधिवेशनमा जाने निर्णय गरेको छ।

    ‘बैठकले अब पहिलो ६ महिना अभियानमा जाने र त्यसपछि अर्को ६ महिनाको तयारी गरेर नयाँ विचार संश्लेषणका लागि महाधिवेशनमा जाने निर्णय गरेको छ,’ केन्द्रीय समिति बैठककको समापनपछि माओवादी केन्द्रले भनेको छ, ‘६ महिना अभियानमा गएर असारमा केन्द्रीय समिति बैठक आयोजना गरी अहिलेको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा बदलेर महाधिवेशनको तयारीमा जाने अध्यक्ष प्रचण्डले घोषण गर्नुभयो। अभियानबाट व्यापक रुपमा जनताको सुझाव आउने भएकाले ६ महिने अभियान पनि अन्तत: महाधिवेशनकै तयारी हुने उहाँले स्पष्ट गर्नुभयो।’

    माघ महिनाभरि अभियानको तयारी गरेर फागुन १ गते जनयुद्ध दिसव मनाएर हुलाकी र पूर्वपश्चिम राजमार्गमा जनतासँग माओवादी अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ।त्यस्तै चैतभरि तयारी गरेर वैशाख महिनाभरि हिमाली र मध्यपहाडी क्षेत्रलाई मध्यनजर गरी मध्य पहाडी लोकमार्गमा जनतासँग माओवादी अभियान सञ्चालन गर्ने निर्णय समेत बैठकको छ।

    बैठकले सबै नेताहरुले जिम्मेवारी पाउने गरी कार्ययोजना प्रस्ताव पारित गरेको छ। सबै नेता पालिका र वडासम्म पुग्ने गरी केन्द्रीय कार्यालयले सबै नेताहरुको एक हप्ताभित्र कार्यविभाजनलाई अन्तिम रुप दिने र माघको पहिलो सातासम्म सर्कुलर गरिने प्रचण्डले जानकारी दिए। बैठकले विचार मिल्ने पार्टीसित एकताको तयारी गर्न उच्चस्तरीय पार्टी एकता संवाद समिति गठन समेत गरेको छ। समितिले चाडै एकता वार्ताको पहल गर्ने अध्यक्ष प्रचण्डले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images