images
images
  • एनआरएनए स्पोर्टस एकाडेमीद्वारा खेलाडीहरुको घर घरमा पुगेर खाद्यान बितरण !

    काठमाडौं । एनआरएनए स्पोर्टस एकाडेमीले कोरोनाका कारण समस्यामा परेका खेलाडीहरुको घर- घरमा पुगेर खाद्यान वितरण गरेको छ। सम्पूर्ण प्रवासी नेपाली खेलाडी र खेल प्रेमीहरुको खेलकुद निकाय, यस गैरआवासीय नेपाली संघ खेलकुद प्रतिष्ठानले उक्त खाद्यान बितरण गरेको हो ।

    नेपालमा फैलिई रहेको कोरोना महामारिको दोश्रो लहर र महामारी नियन्त्रणका लागि गरिएको लकडाउनको कारण खाद्यान जुटाउन नसकेर समस्यामा परेका काठमाण्डौ उपत्यका भित्र बसोबास गर्ने बिभिन्न खेल बिधाका जुनियर सिनियर र राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तर सम्मका खेलाडीहरुलाई खाद्यान बितरण गरिएको बताएको छ।

    असाढ ५ गते शनिबारका दिन उपत्यकाका तीन वटै जिल्लाका बिभिन्न खेल प्रशिक्षण स्थलहरु र खेलाडीहरुको घर घरमा पुगेर गैरआवासीय नेपाली संघ खेलकुद प्रतिष्ठानले खाधान्य बितरण गरेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images