images
images
  • जनकपुरमा आजदेखि जय ट्रफी सुरु हुने

    काठमाडौं : आजदेखि टेस्ट संरचनामा हुन लागेको जय ट्रफी क्रिकेट प्रतियोगिताका सुरु हुँदैछ।

    क्यानको आयोजनामा जनकपुरको खेल मैदान दुई दिवसीय फर्म्याटमा हुने यस प्रतियोगितामा गत वर्ष भएको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा शीर्ष चारमा रहेका टोलीहरुले प्रतिस्पर्धा गर्नेछन्।

    जसमा च्याम्पियन नेपाल पुलिस क्लबसहित उपविजेता त्रिभुवन आर्मी क्लब अनि दुई प्रदेशको टोली बागमती र मधेश छन्।

    राष्ट्रिय टिमका कप्तान रोहित पौडेलको कप्तानीमा रहेको एपीएफ भने शीर्ष चार नपर्दा जय ट्रफी खेल्न नपाउने नपाउने भएको छ। जसले गर्दा रोहितसहित आसिफ शेख लोकेश बम सन्दिप जोरा जस्ता खेलाडी जय ट्रफीमा देखिने छैनन्।

    यसैगरी आईएल टी२० क्रिकेट खेल्न गएकोले नेपाल पुलिसका कप्तान दीपेन्द्र सिंह ऐरीले पनि जय ट्रफी गुमाउनेछन्। दीपेन्द्र नहुँदा आरिफ शेखले पुलिसको कप्तानी गर्नेछन्। खेल माघ ३ गतेसम्म जनकपुर र वीरगञ्जमा हुने छ।

    लिग चरणका खेल दुई दिवसीय र फाइनल तीन दिवसीयको हुने छ। जनकपुरमा पहिलो खेल मधेश र बागमती प्रदेशबिच हुनेछ। दोस्रो खेल बागमती र आर्मी तथा तेस्रो खेल बागमती र पुलिस क्लबबिच हुनेछ। त्यस्तै, वीरगन्जमा पहिलो खेल आर्मी र पुलिस, दोस्रो खेल मधेश र पुलिस तथा तेस्रो खेल मधेश र आर्मीबिच हुनेछ।

    खेलाडीलाई दक्ष बनाउन र प्रतिस्पर्धामा ल्याउन नेपालमा जय ट्रफीअन्तर्गत टेस्ट संरचनामा यो प्रतियोगिता हुन लागेको हो। रातो बल र सेतो पोसाकमा खेलिने जय ट्रफी ५० ओभरको हुनेछ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images