स्पेनिस ला लिगामा रियल मड्रिडले भ्यालेन्सियामाथि पुनरागमन जित निकालेको छ ।
गएराति भएको खेलमा रियल मड्रिडले घरेलु टोली भ्यालेन्सियामाथि २-१ गोलअन्तरको पुनरागमन जित निकालेको हो । खेलमा सुरुवाती अग्रता भने भ्यालेन्सियाले लिएको थियो ।
खेलको २७औँ मिनेटमा ह्युगो डुरोले गोल गर्दै भ्यालेन्सियालाई सुरुवाती अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा भने भ्यालेन्सिया सम्हालिन सकेन ।
खेलको ७९ औँ मिनेटमा भिनिसियस जुनियर रातोकार्ड खाँदै मैदानबाट बाहिरिएपछि रियल मड्रिड दबाबमा परेको थियो । तर, १० खेलाडीमा सीमित रियल मड्रिडका लागि खेलको ८५औँ मिनेटमा लुका मोड्रिचले गोल खेल १-१ गोलको बराबरीमा ल्याएका थिए ।
त्यसपछि इन्जुरी समयको पाँचौँ मिनेटमा जुडे बेलिङ्घमले गोल गर्दै रियल मड्रिडलाई २-१ गोलअन्तरको पुनरागमन जित दिलाए । जितसँगै रियल मड्रिड १९ खेलबाट ४३ अंकका साथ ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडको १८ खेलबाट ४१ अंक छ भने तेस्रो स्थानमा रहेको बार्सिलोनाको १९ खेलबाट ३८ अंक छ ।


विश्व खबर 


















