images
images
  • वेस्टह्यामविरुद्ध लिभरपुलको शानदार जित, पाँचौ खेलपछि जित निकालेको सिटीलाई राहत

    काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले वेष्टहम युनाइटेडविरुद्ध ५–० को सहज जित निकालेको छ।

    आइतबार राति अवे मैदानमा सानदार जितपछि लिभरपुलले आठ अंकको अग्रता बनाएको छ। १८ खेल खेलेको लिभरपुलले ४५ अंक छ। दोस्रो स्थानमा रहेको नटिघंम फोरेष्टको ३७ अंक जोडेको छ। वेष्टहमको १९ खेलबाट २३ अंक छ र टोली १३ औं स्थानमा छ।

    ६२ हजार समर्थकमाझ अर्ने स्लोटले लिभरपुलले पहिलो हाफमै तीन गोल गर्दै वर्ष २०२४ सानदार बनाएको हो। टोलीको जितमा लुइस डिआज, कोडी गाक्पो मोहम्मद सलाह, ट्रेन्ट एलेन्जान्डर अर्नोल्ड र डिअगो जोटाले गोल गरेका हुन्।

    राति नै भएको खेलमा साविक विजेता म्यानचेष्टर सिटीले लेष्टर सिटीलाई २–० ले हराएको छ।

    लगातार खराब प्रदर्शनमा गुज्रिरहेको सिटीलाई इङ्लिस प्रिमियर लिग फुटबलको यो जितले केही राहत मिलेको छ। साविक विजेता सिटीले पछिल्ला खेलहरुमा लय समात्नै सकेको थिएन।

    पाँच लिग खेलपछि सिटीले पहिलो जित निकालेको छ। अब, टोलीको ध्यान उपाधि भन्दा पनि शीर्ष चारमा रहेर च्याम्पियन्स लिगमा छनोट हुने रहेको छ।

    हाल सिटीभन्दा शीर्ष स्थानको लिभरपुलले १४ अंकको अग्रता बनाएको छ। १८ खेलबाट लिभरपुलले ४५ तथा १९ खेलबाट सिटीको ३१ अंक छ।

    जितपछि सिटी पाँचौ स्थानमा उक्लिएको छ। सिटीको जितमा ब्राजेलियन स्टार साभिन्हो र नर्वेजियन एर्लिङ हाल्यान्डले समान एक गोल गरेका थिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images