images
images
  • कांग्रेसको महाधिवेशन साउन १२ मा थालेर भदौ १९ गते सक्ने

    काठमाडौं । नेपाली कांग्रेसले १४ औँ महाधिवेशनको कार्यतालिका फेरि संशोधन गरेको छ । आगामी भदौ ७ देखि १० गतेसम्म सम्पन्न गर्ने यसअघिको कार्यतालिका असफल भएपछि कांग्रेसले तालिका संशोधन गरी नयाँ तालिका सार्वजनिक गरेको हो ।

    नयाँ तालिका अनुसार क्रियाशील सदस्यता छानबिनका लागी यही असार २० गते सम्मको समय दिइएको छ भने सभापतिलाई त्यसमा हस्ताक्षर गर्न १० दिनको समय तोकिएको छ ।

    त्यसपछि साउन १२ मा वडाको अधिवेशन थालेर भदौ १६ देखि १९ गते पार्टीको १४ औँ केन्द्रीय महाधिवेशन गर्ने कांग्रेसको तयारी छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images