धनगढी-आइतबार राति धनगढीको चटकपुरका चार पसलमा आगलागी भएको छ। राति समिर मोबाइल ग्यालरी, अर्जुन आर्ट, न्यूलब्ली टेलर्स र श्रीकृष्ण इन्टरप्राइजेजमा आगलागी हुँदा करोडौंको क्षति भएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दर्शन खड्काले आगलागीबाट भएको क्षतिको प्रारम्भिक विवरण संकलन गरिएको बताए। मोबाइल ग्यालरीमा १० लाख, अर्जुन आर्टमा ९ लाख, लब्ली टेलर्समा ५ लाख र श्रीकृष्ण इन्टरप्राइजेजमा १ करोडको क्षति भएको उनले बताए।
विद्युतको तार सर्ट भएर मोबाइल ग्यालरीबाट आगलागी सुरु भएको हो। धनगढी उपमहानगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको थियो।
प्रतिक्रिया दिनुहोस्























