images
images
  • रवि लामिछानेलाई संसदबाट निलम्बन गर्न माग गरिएको पत्र संसद सचिवालयमा, सोमबार निर्णय हुने

    काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछानेलाई निलम्बन गर्न जिल्ला प्रहरी कार्यालय कास्कीबाट पठाइएको चिठी संसद् सचिवालयमा पुगेको छ ।

    संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार आइतबार अबेलामात्रै लामिछानेलाई निलम्बन गर्न सिफारिस गरिएको चिठी संसद सचिवालयमा आइपुगेको र आइतबार कार्यालय समय घर्किसकेकाले यसबारे सोमबारमात्रै प्रक्रिया अघि बढ्ने छ ।

    सहकारी ठगी, संगठित अपराधसँगै सम्पत्ति शुद्धीकरण अभियोगमा लामिछाने संलग्न रहेको भन्दै प्रहरीले प्रतिनिधिसभा सदस्यबाट लामिछानेलाई निलम्बन गर्न माग गर्दै संसद सचिवालयमा पत्र पठाएको हो ।

    प्रहरीले रविमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणमा मुद्दा चलाउन सिफारिस गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images