काठमाडौं – नेपाल प्रिमियर लिग (NPL) फाइनल खेलको टिकट खुलेको एक घण्टामै सकिएको छ ।
शनिबार टीयू मैदान कीर्तिपुरमा हुने एनपीएलको फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट प्रतिस्पर्धा गर्दैछन् ।
सुदूरपश्चिम पहिलो क्वालिफायरमा जनकपुरलाई नै पराजित गरि फाइनल पुगेको हो भने जनकपुरले दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई पराजित गरि फाइनल पुगेको हो ।
लिग चरणमा पनि सुदूरपश्चिम र जनकपुर बीच खृल हुँदा दर्शकले रङ्गशाला भरिदै आएको थियो । फाइनलमा पनि यिनै दुई टोली पुगेपछि शनिवार हुने खेलको टिकट बिहीबार नै सकिएको छ ।
टिकट विक्री खुला गरेको एक देखि डेढ घण्टा भित्रै सकिएको टिकेटिङ पार्टनर खल्तीले जनाएको छ ।
सुदूरपश्चिम र जनकपुरबीचको खेललाई एनपीएलको एलक्लासिको भनेर पनि भन्ने गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















