images
images
  • NPL : कर्णालीविरुद्धको खेलमा जनकपुरले जित्यो टस, फिल्डिङ रोज्यो

    काठमाडौं-नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच खेल सुरु भएको छ।

    बिहीबार मध्याह्न कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल भइरहेको हो। जनकपुर बोल्ट्सका कप्तान आसिफ शेखले टस जितेर कर्णालीलाई ब्याटिङको निम्तो दिएका हुन् ।

    यो खेलको विजेताले फाइनलमा शनिबार सुदूरपश्चिम रोयल्ससँग उपाधिका लागि खेल्नेछ।

    लिग चरणमा चौथो स्थानमा रहेको कर्णाली याक्सले बुधबार भएको एलिमिनेटरमा चितवन राइनोजलाई पराजित गर्दै क्वालिफायर टु मा प्रवेश गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images