काठमाडौं – लिगचरणमा ७ मध्ये ६ खेल जितेको सुदूरपश्चिम रोयल्स र ५ खेल जितेको जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग एनपीएलको पहिलो क्वालिफायर खेल्ने भएका छन् । विजेता टोली सोझै फाइनलमा प्रवेश गर्नेछ भने पराजित हुने टोलीले एलिमेनेटरको विजेतासँग खेल्नेछ ।
लिगको अन्तिम खेलमा सोमबार सुदूरपश्चिमले कर्णाली याक्सलाई ४ विकेटले हराएपछि प्लेअफको समिकरण पुरा भएको हो । प्लेअफ सम्भावना बाँकी नै रहेको काठमान्डु गुर्खाज भने खराब रनरेटका कारण प्रतियोगिताबाट बाहिरिएको छ ।
समान ८/८ अंक भएका चितवन राइनोज र कर्णाली याक्सले एलिमिनेटर खेल्ने छन् ।
लिगको अन्तिम खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा सबै विकेट गुमाएर १०१ रन बनाएको थियो ।
जवाफमा सुदूरपश्चिमले १५.२ ओभर खेल्दै ४ विकेट गुमाएर १०५ रन बनाउँदै लक्ष्य पूरा गरेको हो ।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३८ रन बनाउदा इशान पाण्डेले पनि अविजित रहँदै ३८ रन नै बनाए ।
खेलको म्यानअफ द म्याच दीपेन्द्र बने । उनले बलिङमा दुई विकेट र दुई रन आउट पनि गरेका थिए ।


विश्व खबर 


















