images
images
  • कर्णाली प्रदेशका ३ जना मन्त्रीलाई राजीनामा दिन संसदीय दलको निर्देशन


    सुर्खैत । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले तत्काल ३ जना मन्त्रीलाई पदबाट राजीनामा दिन निर्देशन दिएको छ।

    एमाले संसदीय दलले नेता प्रकाश ज्वालासहित तीन जना मन्त्री खारेज भएकालाई सर्वोच्च अदालतले पुनर्बहाली गरेपछि उक्त दलको बैठकले मन्त्री पदबाट राजीनामा दिन निर्देशन दिएको हो।

    शुक्रबार बसेको संसदीय दलको बैठकले मन्त्री अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पदबाट राजीनामा दिन निर्णय गरेको संसदीय दलका नेता यामलाल कँडेलले जानकारी दिए।

    तीन जना मन्त्रीले वैशाख ३ गते फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएर मन्त्री बनेका हुन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images