images
images
  • आज तराईमा व्यापक हुस्सु, सोमबार पहाडी क्षेत्रमा हिमपात हुने

    काठमाडौं – आज पनि तराईं र उपत्यकाका केही ठाउँमा हुस्सु र कुहिरो लागेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभाव पनि सामान्य छ ।सामान्यतया आज देशभरको मौसम सफा रहने महाशाखाले जनाएको छ ।

    आज दिउँसो कोशी प्रदेशका पहाडी भू-भागमा भने आंशिक बदली रहनेछ । राति देशभर मौसम सफा रहने महाशाखाले जजनाएको छ ।

    भोलि आइतबार मौसम सफा रहने छ । पुस १ गते सोमबार भने केही ठाउँमा बदली हुनेछ । गण्डकी, कर्णाली र सुदूर पश्चिमका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images