images
images
  • नेपाल सुपर लिगको तेस्रो संस्करण आगामी चैत्र १६ गतेदेखि सुरु हुने

    काठमाडौं – नेपाल सुपर लिगको तेस्रो संस्करण आगामी चैत्र १६ गतेदेखि हुने भएको छ ।

    अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना गर्ने सुपर लिगको तेस्रो संस्करण यही २०८१ चैत्र १६ (मार्च २९, २०२५) गतेबाट सुरु हुने एन्फाले जनाएको छ।

    आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले नेपाल सुपर लिगका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई चैत्र १६ गतेबाट सुरु हुनेगरी अनुमतिपत्र दिएका छन् ।

    एन्फा महासचिव राईले नेपाल सुपर लिगले नेपाली फुटबलको स्तरउन्नतिको लागी महत्वपूर्ण छाप छोडेको र नेपाली फुटबलको विकासमा ठूलो योगदान पुर्याएको बताए ।

    नेपाल सुपर लिगका प्रबन्ध निर्देशक कार्कीले नेपाल सुपर लिगको तेस्रो सिजनका लागि उत्साहित रहेको र नेपाल सुपर लिगका फ्यानहरुलाई तेस्रो सिजन झनै स्मरणीय बनाउने बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images