काठमाडौं–पछिल्लो समय देशमा आर्थिकबन्दीसंगै घरजग्गा व्यवसायमा अहिले बन्दीको प्रत्यक्ष असर परेको छ । राष्ट्र बैकले घरजग्गा व्यवसायलाई चलायमान बनाउनका लागी बैंकहरुलाई मा घरजग्गा व्यवसायमा लगानी गर्नका लागी प्रत्सय गरेसंगै घरजग्गा व्यवसाय विस्तारै चलायमान हुन थालेको छ ।
घरजग्गा व्यवसायीहरुले अहिले जग्गा बेच्नेका लागी विभिन्न अफरहरू ल्याइरहेका छन् । घरजग्गा व्यवसायीहरुले लामो समयदेखि जग्गा विक्री नभएर बैंकको कर्जा तिर्नको लागीपनि घरजग्गाहरु केहि मुल्य घटाएर बेच्न थालेका छन् । घरजग्गा कारोबारमा आर्थिकबन्दी असर पारेसंगै घरजग्गा व्यवसायव्यवसायीहरुले हैरान भएका व्यवसायीहरूले कतै मूल्य घटाएर एकमुस्ट बेचिरहेका छन् भने कतै किस्ताबन्दीको सुविधा दिएर जग्गा विक्री गरिरहेका छन् ।
काठमाडौं उपत्यकामा यतिबेला डेढ दर्जनभन्दा बढी ठाउँमा बैंक तथा वित्तीय संस्थाबाट ऋणको व्यवस्था गरेरै किस्ताबन्दीमा जग्गा बेच्नेहरू बढेका छन् । उपत्यकाको ललिचपुर क्षेत्रहरु धापाखेल, सिपाडोल, गोदावरी, चापागाउँ, टौखेल, चापागाउँ, लामाटार, बुखेल, लगायतका ठाउँमा किस्ताबन्दीमा घडेरी विक्रीका लागि राखिएको छ ।

प्रतिआना १३ लाख रुपैयाँदेखि २८ लाख रुपैयाँसम्म मूल्य
यी ठाउँमा विक्रीका लागि राखिएका घडेरीहरू प्रतिआना १३ देखि २८ लाख रुपैयाँ सम्मका छन् । १३–१६ देखि २०–२२ फिटसम्म चौडा बाटो भएका ठाउँमा यो मूल्यमा घडेरी विक्रीका लागि राखिएको हो ।कतिपय ठाउँमा ४० प्रतिशत डाउन पेमेन्ट मागिएको छ भने कतिपय ठाउँमा ६० प्रतिशतसम्म डाउन पेमेन्ट मागिएको छ । ५ देखि १० वर्षसम्म किस्ता तिर्न मिल्ने गरि घडेरी विक्रीमा राखिएको छ । ब्यजादर भने कम्पनी पिच्छे फरक फरक रहेको छ । ललितपुरको गोदावारी टौखेलमा प्लानिङका टुक्रा जग्गाहरु प्रति आना १३ लाखका दरले पाउन सकिन्छ ।
‘नेक्ट होम प्रोपटी सोलुसन’का प्रबन्ध निर्देशक विजय पाठकले भने ‘हामीले पछिल्लो समय ललितपुरको गोदावारी टौखेलमा प्लानिङका टुक्रा जग्गाहरु चलान चल्तीभन्दा आधा कम गरेर प्रति आना १३ लाखदेखी २८ लाखसम्म विक्रि गरिरहेका छौं।’
बैंक र वित्तिय संस्थाहरुको सहकार्यमा हामीले ‘कमाईदै तिर्दै योजना’ समेत हामीले ल्याएका छौं उनले भने ।विशेष गरेर बैदेशिक रोजगारीमा गएका (खाडी मुलुक गएका) र स्वदेशमा माषिक रुपमा ५० हजारभन्दा आन्दानी गर्नेहरुको लागी लक्षित गरेर ‘नेक्ट होम प्रोपटी सोलुसन’ले यस्तो योजना सुरु गरेको हो ।

के–के छन् त्यसका विशेषता ?
काठमाडौं उपत्यकासहित हिमालको सुन्दर दृष्यअवालोकन गर्न सकिने ।
पर्यटकिय क्षेत्र गोदावारीको मनोरम दृष्यअवालोकन ।
सातदोवाटो चक्रपथबाट ४ किलोमिटरको दूरीसम्म रहेको ।
गोदावारीको वन क्षेत्र स्थलको लाइभ हेर्न सकिने ।
विएण्डवि हस्पीटल, सुमेरु हस्पीटल, अल्का हस्पीटल र पाटन हस्पीटल मात्र १० मिनेटमा पुग्न सकिने ।
खानेपानी,बिजुली, ढलान सडक, इन्टरनेट, ढल, सार्वझानिक बस सेवा,
घना बस्तीको विचमा रहेको छ ।
रमणिय र शान्त वाताबरण रहेको छ।
१५ मिनेटमा कोटेश्वर र लगनखेल पुग्न सकिन्छ ।
बैंक तथा फाइन्यासको व्यवस्था रहेको छ ।
गोदावारी भिलेज रिसोर्टसंगैको रहेको छ ।
कुन ठाउँमा कति घडेरी विक्रीमा ?
३५ घडेरी किस्ताबन्दीको सुविधासहित विक्रीमा राखिएको छ । जग्गाको मूल्य भने प्रतिआना १४ लाख ७५ हजार रुपैयाँदेखि १७ लाख ७५ हजार रुपैयाँ सम्म रहेको छ । यो जग्गा किन्न ५० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्ने छ भने ५० प्रतिशत बैंक वित्तीय संस्थाबाट ऋण पाइने छ । सहकारीबाट ऋण लिएमा १४ प्रतिशत र बैंकबाट ऋण लिएमा ७ प्रतिशत ब्याजदर पर्ने कम्पनीले बताएको छ ।
टौखेलमा २२ घडेरी गरि ६८ ओटा घडेरी किस्ताबन्दीमा विक्रीमा राखिएको छ । यी जग्गाको मूल्य प्रतिआना १३ लाख रुपैयाँदेखि २८ लाख रुपैयाँसम्म रहेको छ ।
गोदावरी बोहराटारका २६ घडेरी प्रतिआना १३ लाख ५० हजारदेखि, टौखेलका २२ घडेरी प्रतिआना १७ लाखदेखि र गोदामचौरका २२ घडेरी २० लाख रुपैयाँदेखि शुरु मूल्य राखेर विक्रीमा राखिएको छ । ५० प्रतिशत डाउन पेमेन्ट र ५० प्रतिशत बैंकिङ ऋण लिएर जग्गा किन्न सकिने ड्रिय हाउस कम्पनीका प्रतिनिधिले बताएका छन् ।
धापाखेल र लामाटारमा ११८ घडेरी विक्रीमा
धापाखेल र लामाटारमा ११८ ओटा घडेरी बैंकिङ ऋणको सुविधासहित विक्रीमा राखिएका छन् । धापाखेल नागदहका १०० घडेरी प्रतिआना २८ लाख रुपैयाँदेखि विक्रीमा राखिएको छ भने लामाटारका १८ ओटा घडेरी प्रतिआना १५ लाख रुपैयाँदेखि विक्रीमा राखिएको छ ।
चापागाउँमा ७० घडेरी विक्रीमा
चापागाउँस्थित न्यौपाने गाउँमा ७० ओटा घडेरी किस्ताबन्दीमा विक्रीमा राखिएको छ । प्रतिआना २२ लाख रुपैयाँदेखि शुरु मूल्य रहेका घडेरी किन्न पनि ५० प्रतिशत जस्तो रकम खरीदकर्ता आफैले व्यवस्था गर्नुपर्ने छ ।
विगत पन्ध्र वर्षदेखी घरजग्गा कारोवारमा संलग्न रहेको छ भने पछिल्लो समय जग्गा प्लानिङ गरेर विक्रि गदै आइरहेको छ । ‘नेक्ट होम प्रोपटी सोलुसन’ले ललितपुरको लगनखेलमा रहेको छ । जग्गा लिन चाहाने ब्यक्ति नेक्ट होम प्रोपटी सोलुसनको कार्यालय वा प्रबन्ध निर्देशक विजय पाठकलाई फोन नम्वर ९८५१२१७९९५मा सिधा सम्पर्क गर्नु सक्नुहुनेछ ।
यो पनि हेनुहोस्: काठमाडौंमा यति सस्तोमै जग्गा: आनाको ५ लाखमै पाइन्छ !


विश्व खबर 



















