images
images
  • घरजग्गा कारोबार बढ्यो, एक वर्षमा सात खर्ब २० अर्बभन्दा बढीको कारोबार

    काठमाडौं– नेपालमा घरजग्गा कारोबार बढेको छ । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ मा सात खर्ब २० अर्ब ८६ करोड रुपैयाँ बराबरको घरजग्गा कारोबार भएको छ ।

    आर्थिक वर्ष २०८१/८२ मा तीन खर्ब ८६ अर्ब १५ करोड रुपैयाँ बराबरको घरजग्गा कारोबार भएको थियो । त्यसको तुलनामा आर्थिक वर्ष २०८२/८३ मा कारोबार रकम उल्लेख्य रूपमा बढेको देखिएको छ ।

    राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा घरजग्गाको कुल कारोबार सङ्ख्या अघिल्लो आर्थिक वर्षको तुलनामा चार दशमलव ७४ प्रतिशतले बढेको छ ।

    यसअघि आर्थिक वर्ष २०८१/८२ मा घरजग्गा कारोबारको सङ्ख्या अघिल्लो आर्थिक वर्षको तुलनामा एक दशमलव ८४ प्रतिशतले घटेको थियो ।

    पछिल्लो तथ्याङ्कले अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०८२/८३ मा घरजग्गा कारोबारको गतिविधि बढेको देखाएको छ ।

    कारोबार सङ्ख्यासँगै कारोबार रकममा समेत उल्लेख्य वृद्धि भएपछि घरजग्गा क्षेत्रमा आर्थिक गतिविधि विस्तार भएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images