images
images
  • NPL को दोस्रो खेलमा चितवन राइनोज विजयी, विदेशी खेलाडीले गरे उत्कृष्ट प्रदर्शन

    काठमाडौं – नेपाल प्रिमियर लिग (NPL) को दोस्रो खेलमा चितवन राइनोजविजयी भएको छ । आइतबारको पहिलो खेलमा चितवनले काठमान्डु गुर्खाजलाई ५ विकेटले पराजित गरेको हो ।

    काडमान्डुले दिएको ११२ रनको लक्ष्य चितवनले १७ ओभरमा मात्र ५ विकेट गुमाएर पूरा गरेको हो ।

    चितवनक लागि सन्तोष कार्कीले अविजित रहँदै सर्वाधिक २८ रन बनाए । सन्तोषले ३१ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे । लुक बेन्केन्सटेइनले २२ रन योगदान गरे । शरद भेषावकर ११ रनमा अविजित रहे ।

    काठमान्डुका लागि शाहब आलमले ३ विकेट लिएपनि चितवनलाई जितबाट रोक्न सकेनन् ।

    त्यसअघि सोहेन तनविरले ४ ओभरमा २१ रन खर्चेर ५ विकेट लिएपछि टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले २० ओभरमा ९ विकेट गुमाएर १११ रन मात्र बनाउन सकेको थियो ।

    काठमान्डुका सुमित महर्जनले २९ र माइकल लेभिटले २५ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले गतिलो रन बनाउन सकेनन् ।

    सोमबारको दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स् प्रतिस्पर्धा गर्दैछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images