images
images
  • द बर्गर हाउसले गर्यो मेलम्चीमा गएको पहिरोले घरबारविहीन परिवारलाई राहत प्रदान

    काठमाडौं । द बर्गर हाउसले मेलम्चीमा गएको पहिरोले घरबारविहीन भएका परिवारलाई राहत प्रदान गरेको छ । बाढीले क्षतिग्रस्त क्षेत्रमा पुगी बिहीबार करिब ११ लाखभन्दा बढीको राहत सामग्री वितरण गरिएको हो ।

    मङगलबार आएको पहिरोले बजार डुबेको छ भने उद्धार गर्ने कार्य जारी छ । बाढी बजारमा पसेर बिताण्ड मच्चाएपछि बर्गर हाउस राहत संकलनमा अघि सार्दै पीडितको घाउमा मल्हम लगाउन पुगेका हुन ।

    हाउसका संस्थापक वसन्त लामले भने,‘यो पीडा थाहा पाउने बित्तिकै राहतका लागि हामी तयार भयौँ, अहिले उनीहरूलाई अभाव रहेको रासनपानी व्यवस्था गरेका छौँ । बाढी पहिरोबाट सो क्षेत्रका प्रभावित भएको समाचार आउने बित्तिकै आफूले फेसबुक पेजबाट यो अभियान चलाएको संस्थापक लामाले जानकारी दिए ।

    लामाको नेतृत्वमा सङ्कलित रकमबाट ३०० बोरा चामल, ७० वटा ग्यास, २०० किलोग्राम नुन, २०० लिटर खाने तेल लगायत विभिन्न खाद्यान्न सामाग्री तथा मास्क, स्यानिटाइजर, फेस सिल्ड,पन्जा जस्ता स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।

    उनका अनुसार हाम्रो यो अभियानलाई देशबिदेशबाट सहयोग पाएको छु । मेलम्ची नगरपालिकाका उपमेयर भगवती नेपालले राहत वितरण एकद्वार प्रणालीमा हुने बताइन् ।

    उनले भनिन्‚ ‘आजसम्म आएका राहत सङ्कलन गरिरहेको बताउँदै मेलम्ची‚ इन्द्रावती र हेलम्बुमा डुबानमा परेका पीडितहरुलाई समेत पुर्‍याउन हामी लागि परेको छ ।’ यो पीडामा मल्हम लगाउने आउने बर्गर हाउस लगायतलाई नगरपालिकाकाले हार्दिक धन्यवाद दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images