images
images
  • आयल निगमले बढायो पेट्रोल र हवाई इन्धनको भाउ, अब कुन ठाउँमा कति रुपैयाँ पर्छ ?

    काठमाडौँ – नेपाल आयल निगम (Nepal Oil Corporation)ले पेट्रोल र हवाई इन्धनको मूल्य बढाएको छ ।

    निगमले आज राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोल – Petrol मा १ रुपैयाँ, हवाई इन्धन (आन्तरिक) मा २ रुपैयाँ र हवाइ इन्धन (अन्तर्राष्ट्रिय) प्रति किलोलिटर काठमाडौंमा १५, पोखरामा ३४ र भैरहवामा ३३ अमेरिकी डलरले वृद्धि गरेको छ ।

    यस अनुसार अब पेट्रोलको मूल्य काठमाडौं, पोखरा र दिपायलमा १६० रुपैयाँ, सुर्खेत र दाङमा १५९ रुपैयाँ र बाँकी क्षेत्रमा १५७.५० रुपैयाँ पर्नेछ ।

    त्यस्तै, हवाई इन्धन (आन्तरिक) प्रतिलिटर १२८ रुपैयाँ पर्नेछ भने हवाई इन्धन (अन्तर्राष्ट्रिय) काठमाडौंमा ९७५, पोखरामा ८१८ र भैरहवामा ८०२ अमेरिकी डलर पर्नेछ ।

    2081.08.15 2024.11.30 page 0001

    प्रतिक्रिया दिनुहोस्

    images
    images