images
images
  • अनामिका महर्जन बनिन् अन्तराष्ट्रीय संस्था युनेटको युवादुत

    काठमाडाैं-अन्तराष्ट्रीय रुपमा युवाको क्षमता विकासका लागि युवाको विश्वव्यापी संस्था युनेट बंगलादेशबाट सुरु भएको छ। युवाको क्षमता विकासमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको संस्था युनेटको युवादुतमा नेपाली युवा चयन भएका छन्।

    Youth Upskill Network (YUNet) युवाको उद्यमशिलता वृद्धि गर्ने उद्धेश्यका साथ विभिन्न क्षेत्रमा ख्याती कमाएका युवाहरुले स्थापना गरेका हुन् । युवाको क्षमता विकासमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको संस्था युनेटको युवादुतमा नेपाली युवा चयन भएका छन्। बंगलादेशको राजधानी ढाका प्रमुख कार्यलय रहेको युनेटमा किर्तिपुर काठमाडाैंकी अनामिका महर्जनलाई युवादुत चयन भएकी हुन् ।

    anamikaसंस्थाले युवाको उद्यमशिलता तथा क्षमता विकाससँग सम्बन्धित विभिन्न काम गरिरहेको छ। यसले विश्वका १५ भन्दा धेरै देशमा कार्यक्रमहरु सञ्चालन गरिरहेको महर्जनले जानकारी दिइन्।

    संयुक्त राष्ट्रसंघले तय गरेका दीगो विकास लक्ष्य प्राप्त हुने क्रियाकलापमा युवालाई संलग्न गराउने र उनीहरुको क्षमता विकास गराई उद्यमशिलता विकास गराउने कार्यहरु संस्थामार्फत सञ्चालन भइरहेकोछ। संस्थामा विभिन्न क्षेत्रका ख्यातीप्राप्त व्यक्तिहरु संलग्न रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images