images
images
  • मध्यरातमा बालकुमारीस्थित एउटा घरमा आगलागी

    काठमाडौं – बालकुमारीस्थित एउटा घरमा मध्यरातमा विद्युत् चुहावट भएर आगलागी भएको छ ।

    महानगरीय प्रहरी प्रभाग कोटेश्वरका अनुसार बालकुमारीस्थित सीसीआरसी कलेज नजिक स्वाभिमान श्रेष्ठको दुई तले घरमा एक्कासी विद्युत् चुहावट भएर आगलागी भएको हो । आगलागीबाट घरको पहिलो तलामा भोजराज भट्टले सञ्चालन गर्नुभएको ‘डगेरा फार्मेसी’ जलेको प्रभागका सहायक हवल्दार रुद्रप्रसाद गौतमले जानकारी दिए ।

    यसैगरी, आगलागीबाट श्रेष्ठको घरसँगै एउटा पान पसल र मःम पसल ध्वस्त भएको प्रहरीले जनाएको छ ।

    सँगैको ‘जुम्बा डान्स सेन्टर’ मा पनि आगोले क्षति गरेको छ । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आइनसकेको प्रहरीले जनाएको छ ।

    पाँचवटा दमकलको सहयोगमा एक घण्टापछि आगो निभाइएको थियो । आगो निभाउन काठमाडौंका तीन र ललितपुरका दुईवटा दमकलका साथै प्रहरी परिचालन गरिएको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images