काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट भिड्ने भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार सार्वजनिक गरेको तालिकाअनुसार १५ मंसिरको उद्घाटन खेलमा विराटनगर र जनकपुर भिड्नेछन् ।
यो खेल त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा दिउँसो ठिक १२ः१५ मा सुरु हुनेछ । पहिलो दिन उद्घाटन खेलसँगै एनपीएलले १ दिन विश्राम लिनेछ ।
१७ गतेदेखि भने दिनहुँ २/२ वटा खेल खेलाइने छन् । बिहान ९:१५ र दिउँसो १:१५ मा गरी दुई खेल खेलाउने तालिका बनाइएको छ । उक्त दिन काठमाडौं र चितवन तथा जनकपुर र कर्णाली याक्स भिड्नेछन् । यद्घाटनमा खेलेको विराटनगरले १८ गते लुम्बिनीसँग खेल्दा सुदूरपश्चिम र पोखरा भने २० गते मात्रै आफ्नो पहिलो खेल खेल्नेछन् ।
फाइनल खेल अर्को महिना पुस ६ गते टीयु मैदानमै हुनेछ । एनपीएलका सबै खेलहरु स्टार स्पोर्ट्सबाट प्रतक्ष प्रसारण हुनेछन् ।
हेर्नुहोस खेलतालिका



विश्व खबर 




















प्रतिक्रिया दिनुहोस्