काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । आइतबार निक्षेप संकलन उपकरण बोलकबोल मार्फत २१ दिनका लागि ५० अर्ब तरलता खिच्ने जनाएको छ ।
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्षको सुरुवातदेखि नै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधा मार्फत निरन्तर तरलता खिचिरहेको छ ।
अहिले बैंकहरुमा तरलता बढी हुँदै गएपछि ब्याजदर समेत निरन्तर ओरालो लागिरहेको छ । बैंक तथा वित्तीयसंस्थाहरुले मंसिरका लागि पनि ब्याजदर घटाइसकेका छन् ।
राष्ट्र बैंकले भने ब्याजदर करिडोर कार्यान्वयनका लागि तरलता खिच्दै आएको छ । अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल आउन नदिन राष्ट्र बैंकले निरन्तर तरलता खिचिरहेको हो ।
बजारमा अधिक तरलता हुँदा राष्ट्र बैंकले खिच्ने र तरलता अभाव हुँदा राष्ट्र बैंकले पैसा पठाउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्