images
images
  • कालीकोटको राहुनेटामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु, १३ जना घाइतेलाई हेलिकप्टरमार्फत ल्याइँदै

    सुर्खेत – कालीकोटको राहुनेटामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु १३ जना घाइते भएका छन् ।

    आइतबार दिउँसो पलाँता गाउँपालिका-३ को राहुनेटा भन्‍ने ठाउँमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक गोविन्दप्रसाद चौधरीले जानकारी दिएका छन् ।

    दुर्घटनामा घाइते भएका १३ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याउने तयारी भइरहेको छ ।

    उनीहरुलाई लिन नेपाली सेनाको हेलिकप्टर कालिकोट प्रस्थान गरिसकेको छ । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images