काठमाडौं । महोत्तरीमा गोली प्रहार गरी लाखौं डकैती भएको छ । समसी गाउँपालिका १ पर्साका विरेन्द्र साहको ज्वेलर्समा गए राति ९र१० जनाको संख्यामा रहेका डाकाको समुहले गोली प्रहार गरी डकैती गरेका छन् ।
डाकाको गोली प्रहारबाट पसल संचालक ५० वर्षीय विरेन्द्र साह गम्भीर घाइते भएका छन् । कम्मरमा गोली लागेर गम्भीर घाइते भएका साहलाई उपचारका लागि धरान लगिएको छ ।
यस्तै डाकाहरुको रड र घरेलु हतियार प्रहारबाट साहकी श्रीमती ४५ वर्षीय शुशीला देवी साह, छोरा २५ वर्षीय शम्भु साह, छोरी २० वर्षीय कंचन कुमारी साह, १७ वर्षीय छोरा राजिव साह घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी निरीक्षक रञ्जन मिश्रले जानकारी दिए ।
उनीहरुको उपचार जनकपुर स्थित प्रादेशिक अस्पताल जनकपुरमा भईरहेको प्रहरीले जनाएको छ।
डाकाहरुले चाँदी १७२ तोली ९काँचो० करिब २ लाख ३२ हजार बराबरको , सुन ५ तोला ९काँचो० करिब ४ लाख ६५ हजारको र नगद २ लाख गरि झण्डै १० लाख रुपैयाँ बराबरको धनमाल लुटेर लगेको जिल्ला प्रहरी कार्यादय महोत्तरीले जनाएको छ ।
समहले घरमै संचालन गरेको सुनचाँदी पसलमा मध्यराति डाकाहरुले घरको पछाडीबाट पर्खाल नाघी घर भित्र प्रवेश गरी कटुवा पेस्तोल सहित फलामको रड प्रयोग गरी लुटपाट गरेका छन् ।


विश्व खबर 



















