काठमाडौं – इजरायलको राजदूतमा प्रा. धनप्रसाद पण्डित नियुक्त भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले बुधवार पण्डितलाई इजरायलका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेका हुन् ।
१४ साउनमा मन्त्रिपरिषदले विभिन्न १८ देशमा राजदूत सिफारिस गर्दा पण्डितलाई इजरायलका लागि सिफारिस गरेको थियो ।
संसदीय सुनुवाइ समितिले सुनुवाइ सकेर ३ असोजमा नियुक्तिका लागि नाम अनुमोदन गरेकोमा राष्ट्रपति पौडेलले बुधवार मात्रै राजदूत नियुक्त गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्






















