images
images
  • कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, १४औँ महाधिवेशनमा केन्द्रीत

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यलय सानेपामा दिउँसो दुई बजे बस्ने बैठक पार्टीको १४औँ महाधिवेशनमा केन्द्रीत हुने केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए ।

    कांग्रेसको पछिल्लोपटक बसेको पदाधिकारी बैठकले आगामी भदौ ७ गते देखि गर्ने तय भएको महाधिवेशन भदौ १६ देखि गर्ने गरी सार्न प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव छलफल गरी निर्णय गर्नका लागि आज केन्द्रीय समिति बैठक बस्न लागेको पौडेलले जानकारी दिए। कोरोना महामारीका कारण क्रियाशील सदस्यता वितरण र नवीकरणको काममा ढिलाइ हुँदा पूर्वनिर्धारित कार्यतालिका केही हेरफेर गरी महाधिवेशन गर्ने कांग्रेसले जनाएको छ ।

    भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने गरी तयारी गरिएको छ। कोरोना महामारी कायमै रहेको अवस्थामा कसरी महाधिवेशन सम्पन्न गर्ने भन्नेबारे पनि आजको बैठकमा छलफल हुने नेता पौडेलले बताए। कांग्रेसले १० लाख क्रियाशील सदस्य बनाउने भनेकोमा अहिलेसम्म करिव ८ लाख सदस्य बनेका जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images