images
images
  • सर्लाही अपडेट : दुई जनाको शव फेला, एक पौडिएर बाँचे

    सर्लाही – सर्लाहीको ईश्वरपुर नगरपालिका–२ मियाँखोरस्थित पोखरीमा कारसहित बेपत्ता भएका दुईको शव फेला परेको छ । सशस्त्र प्रहरीका गोताखोरले बेपत्ता दुई जनाको शव पेला पारेका हुन् ।

    सर्लाहीको बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु २ च ६७५८ नम्बरको कार अनियन्त्रित भई आज बिहान सर्लाहीकै ईश्वरपुर नगरपालिका–२ मियाँखोरस्थित पोखरीमा डुबेको थियो ।

    कारमा सवार गौशाला नगरपालिका–१० का अन्दाजी ३७–३८ वर्षीय सुरेश महतो र सोनवा गाउँपालिका–८ का ३७ वर्षीय रामाकान्त ठाकुरको शव फेला परेको हो ।

    कारमा सवार अर्का व्यक्ति महोत्तरीको गौशाला –२ का अन्दाजी ३१ वर्षीय जनक यादव पौडिएर बाहिर निस्कन सफल भएका थिए । पोखरीमा डुबेको कार निकाल्ने प्रयास भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images