images
images
  • ‘एमाले नेताका छोराछोरी नै बालेनको साइबर सेना भएर ओलीविरुद्व लेख्दै, ७५% विद्यार्थी उनकै पछि’ – सञ्चारमन्त्री

    काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले एमालेकै नेता कार्यकर्ताका छोराछोरी रवि लामिछाने र बालेन शाहको आइटी सेलमा बसेको टिप्पणी गरेका छन् ।

    बिहीबार एमालेको बागमती प्रदेश सम्पर्क कमिटीले आयोजना गरेको देउसीभैलो कार्यक्रममा एमाले उपमहासचिवसमेत रहेका गुरुङले एमालेकै नेताका छोराछोरी रवि लामिछाने र बालेन शाहको पछि लागिरहेको बताएका हुन् ।

    उनले हाम्रा छोराहरु, हाम्रा छोरीहरु रवि लामिछानेको पछि लागिरहेको, बालेनको साइबर ग्रुपमा बसेर हाम्रो पार्टीको विरुद्धमा, प्रधानमन्त्रीको विरुद्वमा लेखिरहेको दाबी गरे । उनले प्रश्न गर्दै अगाडि भने, ‘त्यतातिर हाम्रो ध्यान गएको छ ?’

    अहिलेका विद्यार्थीमध्ये २० देखि २५ प्रतिशत मात्र अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारी जस्ता संगठनमा बाँडिएको बताउँदै गुरुङले, ७० देखि ७५ प्रतिशत विद्यार्थी राजनाीतिमा नभइ रास्वपा र बालेनको साइबर सेनामा गइसकेको पनि ठोकुवा गरे ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images