images
images
  • विरामी झलनाथले दिल्ली जानुअघि ईश्वर पोखरेललाई के भने ?

    काठमाडौं । थप उपचारका लागि दिल्ली जानुअघि नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले महासचिव ईश्वर पोखरेललाई एउटा आग्रह गरेका छन् । उनले पार्टीलाई एकताबद्ध बनाउन भनी आग्रह गरेका हुन्

    थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गर्दा गर्दै थप उपचारका लागि भारत जानु पर्ने भएपछि नेता खनाललाई भेट्न महासचिव पोखरेलले अस्पताल पुगेका थिए।

    नेता खनालले पोखरेललाई भने, ‘पार्टी मिलाउनुस् कमरेड’ । एमालेभित्रको विवाद मिलाउन दोस्रो तहका नेताहरु सक्रिय रहेका बेला उच्च नेताबीचमा पनि अनौपचारिक संवाद भइरहेको छ । यद्यपि, मन सङलो पार्ने तथा कुरो मिल्ने अवस्थामा नेताहरु पुगेका छैनन् ।

    नेता खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको तथा ज्वरोसँगै स्वास्थ्यमा थकान महसुस हुने, श्वास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिएपछि उनलाई गएको जेठ ३१ गते अस्पताल भर्ना गरिएको थियो । केही महिनाअघि नेता खनाल कोरोना सङ्क्रमणमुक्त भएका थिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images