images
images
  • मेलम्ची बजारस्थित होटेलको छतमा फसेकालाई हेलिकप्टरबाट उद्धार , ७ जनाको मृत्यु भएको पुष्टि, अझै कयौँ बेपत्ता

    काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची बजारस्थित होटल रोजको छतमा फसेकाहरुलाई नेपाली सेनाको टोलीले हवाई उद्धार गरेको छ । उनीहरुलाई हेलिकप्टरबाट डोरीको सहायताले उद्धार गरिएको हो ।

    चारैतिरबाट बाढीले घेरिएपछि उनीहरु अलपत्र परेका थिए । उनीहरु होटलको छतमा पुगेर गुहार माग्दै आएका थिए । उनीहरु बस्दै आएको रोज होटलको तल्लो तला बाढीमा डुबेको थियो ।मेलम्चीको बाढीपछि एक होटलको छतमा बसेर ज्यान जोगाएका दुई व्यक्तिलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरेको छ ।

    होटलको तल्लो तल्लाहरु बाढीले डुबाएपछि मेलम्ची बजारमा रहेको रोज होटलमा उनीहरु फसेका थिए । होटलको छतमा बसेर ज्यान जोगाएका उनीहरूलाई हेलिकोप्टरमार्फत सेनाले उद्धार गरेको हो ।मंगलबार साँझ मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले कयौँ बेपत्ता भएका छन्

    । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले अहिलेसम्म ७ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । उद्धार तथा राहतको काममा हेलिकप्टरमार्फत जनशक्ति परिचालनको भएको प्रजिअ पोखरेलले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images