images
images
  • सुर्खेतमा गाडी दुर्घटना हुँदा दैलेखका १ यात्रुको मृत्यु, ६ जना घाइते

    सुर्खेत – सुर्खेतको बराहतालमा गाडी दुर्घटना हुँदा दैलेखका एक यात्रुको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

    जुम्लाबाट सुर्खेततर्फ आइरहेको कर्णाली प्रदेश ०२००१ ख १०१४ नम्बरको गाडी बिहीबार बिहान बराहताल गाउँपालिका-८ हुड्केमा दुर्घटना भएको हो ।

    दुर्घटनामा परी मृत्यु हुनेमा दैलेखको ठाटीकाँध गाउँपालिका–४ का ३५ वर्षीय दीपक शाही रहेको सुर्खेत प्रहरीले जनाएको छ ।

    दुर्घटनामा परी गम्भीर घाइते उनलाई उपचारको लागि प्रदेश अस्पताल सुर्खेत पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।

    मृतक शाही हाल वीरेन्द्रनगर नगरपालिका–१, मा बस्दै आएका थिए । गाडी दुर्घटनामा अन्य ६ जना यात्रु घाइते भएका छन् । घाइतेहरुको कर्णाली केयर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    जुम्लाबाट २९ जना यात्रु लिएर आएको उक्त गाडी अनियन्त्रित भएर सडक छेउमा दुर्घटना भएको डिएसपी विश्वकर्माले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images