काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) एसिया महादेश सङ्गठन समन्वय समितिले बाढी, पहिरोपीडितका लागि रु आठ लाख ३८ हजार तीन सय सहयोग गरेको छ ।
समितिले आज मंगलवार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सो रकमको चेक हस्तान्तरण गरेको हो ।
समितिका इञ्चार्ज पम्फा भुसाल र सहइञ्चार्ज ओम शर्मालगायतले प्रदान गरेको चेक ग्रहण गर्दै अध्यक्ष दाहालले सहयोगका लागि समितिलाई धन्यवाद दिए ।
उनले मानवीय विपद्को समयमा सबै मिलेर सामना गर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















