images
images
  • बाढी बढेपछि कोशी ब्यारेजको १२ ढोका खुला गरियो , नारायणी र कर्णालीमा उच्च हुन सक्ने

    काठमाडौं । मंगलबार बिहानदेखि परेको पानीले बाढीको तह बढेपछि कोशी ब्यारेजको १२ ढोका खुला गरिएको छ । अहिले कोशीमा पानीको बहाव ६१ हजार १४५ क्युसेक रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिएका छन् ।

    उनले भने–‘पानीको बहाव बढिरहेको छ तर खतराको अवस्था छैन । नदी किनार आसपासको क्षेत्रमा हामीले निरन्तर अवलोकन गरिरहेका छौँ । अहिलेसम्म कोशीले खतराको तह पार गरेको छैन् ।’
    सप्तकोशीमा मिसिने एक प्रमुख नदी इन्द्रावतीमा आएको भीषण बाढीले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्र ढुवानमा परेको छ भने ठूलो जनधनको क्षति भएको छ । यसैबीच ल तथा मौसम विभाग अन्र्तगत बाढी पूर्वानुमान शाखाका अनुसार आज कोशी, महाकाली र यसका सहायक नदीमा पानीको बहाव सामान्यत रहने र सर्तकता तलै हुने पूर्वानुमान गरेको छ ।

    यस्तै नारायणी, कर्णाली र यसका सहायक नदीमा भने पानीको बहाव केही बढ्ने र सर्तकता तह आसपास पुग्न सक्ने अनुमान गरिएको छ । कन्काई, कमला, बागमती र यसका सहायक नदीमा बहाव सामान्य रहने तथा सर्तकता ​ तह भन्दा तलै हुने पूर्वानुमान गरिएको छ ।

    यस्तै राप्ती, तिनाउ, बबईका स साना नदीजलधारमा पानीको बहाव बढ्ने र केहीमा सतर्कता तह आसपास सम्म पुग्न सक्ने पूर्वानुमान छ ।

    कालीगण्डकी, भेरी र यसका सहायक नदी लगायत गण्डकी, लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशको मध्यपहाडी, तराई र चुरेको भूभाग भई बहने साना नदीमा बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक रुपमा बाढी आउने र सर्तकता आसपास पुग्ने भएकोले जोखिमबाट जोगिन आग्रह गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images