images
images
  • सिन्धुपाल्चोकमा ७ जनाको मृत्यु, खोज तथा उद्धार जारी, मेलम्ची बाढी: एकको मृत्यु, सात जना वेपत्ता

    काठमाडौं । सिन्धुपाल्चोकमा मंगलबार साँझ आएको बाढी र पहिरोमा परी सात जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलले प्रहरी र जनप्रतिनिधिले सात जनाको मृत्यु भएको पुष्टि गरेको जानकारी दिए । उनका अनुसार यो भन्दा थप मानवीय क्षतिको विवरण आएको छैन ।

    मंगलबार साँझ मेलम्ची र हेलम्बुमा आएको बाढी–पहिरोले व्यापक क्षति पुर्याएको छ । हेलम्बुमा तीनवटा र मेलम्चीमा एउटा गरी चारवटा पुल बगेका छन् । सडकहरु पनि भत्किएकाले यातायात सम्पर्क विच्छेद भएको छ । उता मेलम्ची खोलामा आएको बाढीमा परेर हराइरहेकामध्ये एक जनाको शव भेटिएको छ ।

    इन्द्रावती गाउँपालिका ११ बोटगाउँस्थि खोला किनारमा एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकास सापकोटाले जानकारी दिनुभयो ।

    माथिबाट आएको बाढीले बगाएर शव ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ । शवको पहिचान भने हुन सकेको छैन् ।यस्तै बाढीमा परेर सात जना वेपत्ता भएका छन् । वेपत्तामध्ये तीन जनाको पहिचान खुलेको छ ।

    वेपत्ता हुनेमा हेलम्बु गाउँपालिकाका २ का ३१ वर्षीय माधव भण्डारी, वडा नम्बर २ चुरेटार बस्ने ४२ वर्षीय गणेश ज्योति र वन नखुलेकी टीकामाया खड्का छन् ।अन्य के कति वेपत्ता छन् एकिन विवरण नआएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images